रुकुम पश्चिममा गठबन्धनबीच चुनावी तालमेलको स्पष्ट खाका बन्न सकेन

सत्ता गठबन्धन अन्योलमा

रुकुम पश्चिममा गठबन्धनबीच चुनावी तालमेलको स्पष्ट खाका बन्न सकेन

सत्ता गठबन्धन अन्योलमा

फाईल तस्बीर ।

मुसीकोट । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएर प्रदेशमा सिफारिस गर्ने समय सीमा सकिनै लाग्दा रुकुम पश्चिममा भने शनिबार बेलुकासम्म पनि सत्ता गठबन्धन दलहरूबीच अन्योल यथावत छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुले यसअघिका वैठकमा जिल्लामा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेपनि दलहरूबीच चुनावी तालमेलबारे अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन ।

जिल्लाको तल्लो तहसम्म गठबन्धन गरेर आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेका नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चा बीचको तालमेलको प्रगति अहिलेसम्म हुन सकेको छैन ।

उम्मेदवारको भागबण्डा मिलाउन गठबन्धनको पटक–पटक बैठक बसेको थियो । तर, हालसम्म भागबण्डामा कुरा मिलेको छैन। गठबन्धनका दलले आ–आफ्नै दाबी बैठकमा प्रस्तुत गरिसकेका छन्।

दलहरूले आ–आफ्नो दाबी नछोड्दा पालिका तहको प्रमुख उप-प्रमुख, वडा अध्यक्षमा भागबण्डा गर्न सकस भइरहेको छ ।

स्रोतका अनुसार सोही दावीमा कोही पनि पछि नहटेपछि जिल्लामा गठबन्धनको सम्भावना लगभग सकिएको बताइएको छ । तर गठबन्धन दलका आवद्ध नेताहरुले भने औपचारिक रुपमा आफनो धारण सार्वजनिक गरेका छैनन ।

यस्तै शनिबार मुसीकोटमा सम्पन्न सत्तागठबन्धनको पाँचौ बैठकले जिल्लामा गठबन्धन हुन नसकेको र सबै दलहरुको दावी केन्द्रमा लेखि पठाएको जनाइएको छ ।

 

 

 

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार