मुसिकोटमा कांग्रेस-एमाले गठबन्धनको घरदैलो अभियान जारी

मुसिकोटमा कांग्रेस-एमाले गठबन्धनको घरदैलो अभियान जारी

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा गठवन्धन गरेको नेकपा एमाले र  नेपाली काँग्रेसले जनभेटघाट तथा घरदैलो अभियानलाई तिव्रता दिइएका छन् ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार कांग्रेसका महेन्द्र केसी, उपप्रमुखका उम्मेदवार एमालेका थलबहादुर ओली संयुक्त चुनावी प्रतिबद्धता लिएर मतदाताका घर–घरमा पुग्न थालेका छन् ।

उनीहरुले टोल, वस्ति र वडा वडामा पुगेर जनभेटघाट तथा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन। उम्मेदवारहरुले मतदाताका घर–घरमा पुगेर चुनाव जितेपछि आफूहरुले गर्ने प्रतिबद्धता सुनाउँदै मत मागिरहेका छन् ।

यस्तै मंगलबार वडा नम्बर ३ को माछिमि , वडा नम्बर १३ को चौतारा टोल, डाँडाछिवाङ, हाईबाङमा जनभेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार कांग्रेसका महेन्द्र केसी, उपप्रमुखका उम्मेदवार एमालेका थलबहादुर ओली, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवार लगायत नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको थियो ।

सत्ता गठबन्धनबीच तालमेल नभएपछि मुसीकोट नगरपालिकामा कांग्रेस एमालेले गठबन्धन गरेर चुनावमा गएका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार