१६ जिल्लाका ७७ केन्द्रमा पुनः मतदान हुने

१६ जिल्लाका ७७ केन्द्रमा पुनः मतदान हुने

शुक्रबार भएको स्थानीय तहको निर्वाचन क्रममा १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले राति १० बजेसम्म प्राप्त विवरणअनुसार प्रेस विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएको हो। लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको आयोगले जनाएको छ।

राति १० बजेसम्म देशभरका स्थानीय तहमा ६४ प्रतिशत मतदान भएको आयोगले जनाएको छ। त्यस्तै राजनीतिक दलहरू र उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको विज्ञप्तिमा छ। यी मतदान केन्द्रहरू २८ पालिकाका ४३ मतदान स्थलका छन्।

यी स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएको अवस्थामा बाहेक सम्बन्धित निर्वाचन अधिकृतले पुन: मतदान हुने मिति र समय तोक्ने विज्ञप्तिमा जनाइएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार