रुकुम पश्चिमको सानीभेरी-१ मा माओवादीको प्यानल विजयी

रुकुम पश्चिमको सानीभेरी-१ मा माओवादीको प्यानल विजयी

मुसिकोट । रुकुम पश्चिमको सानीभरी गाउँपालिका वडा नम्बर १ नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । केहि बेर अघि सम्पन्न मतगणना अनुसार वडा नम्ब १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी हुनुभयो ।

पुनले ५ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्दि नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गर्नुभयो ।

सदस्यमा कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार विजयी बनेका छन् । विजयी बनेका हुन् । वडा सदस्यमा कालो पुन, मंगली कामी, बिमला रोका बिक र तुलसा सुनार निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर बिष्टले ५ सय ४७ मत सहित अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिद्धन्दि कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याउनुभएको छ ।

उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ । उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउदा कांग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याउनुभएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार