गण्डकी प्रदेशले कोरोना रोकथामका लागि भन्दै लकडाउनलाई अझै कडा बनाउन राम्दी खोलाको स्याङ्जातर्फको पुलको मुखमै तारबार लगाएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुरक्षाकर्मी परिचालन गरेर प्रदेश प्रवेशविन्दुमा तारबार लगाएको हो । तारबारसँगै सिमानामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ । राम्दी खोलालाई स्याङ्जा र पाल्पा जिल्लाको सीमा नदी मानिएको छ। स्याङ्जा गण्डकी प्रदेशमा र पाल्पा प्रदेश ५ पर्ने भएकाले यही खोला दुई प्रदेशको सीमाना पनि हो। तस्बिर सौजन्य: राधाकृष्ण डुम्रे