एकैदिन थपिए ४५७ कोरोना संक्रमित

एकैदिन थपिए ४५७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ४५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । चारहजार ६५१ वटा नमुना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार ७७६ पुगेको छ ।

आज ९८ हजार ९०० जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत असार १ गते परीक्षण गरिएकामध्ये ०.६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । मन्त्रालयले जारी गरेको कोरोना सङ्क्रमणदर हेर्दा एक महिनामा ९.१८ प्रतिशतले सङ्क्रमणदर बढेको  देखिएको छ । एक महिनामा तीन हजार एक सय ६३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

अस्पतालमा भर्ना हुने बढ्दै 

अस्पतालमा भर्ना हुने सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार एक हजार सात सय सक्रिय सङ्क्रमितमध्ये  ७५ जना अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । जीमध्ये १५ जना आइसियु र एकजना भेन्टिलेटरमा उपचाररत छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६ जना सङ्क्रमितलाई भर्ना गरिएको छ । अस्पतालका सूचना अधिकृत नवराज गौतमका अनुसार जसमध्ये तीनजना आइसियुमा र तीनजनालाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । त्यसैगरी, टिचिङ अस्पतालमा सामान्य अक्सिजन दिएर दुईजना सङ्क्रमितलाई भर्ना गरिएको छ ।

टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. बिमल शर्मा चालिसेका अनुसार अस्पतालमा भर्ना भएका अधिकाँश बिरामीमा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, रुघा लाग्ने, थकित, पसिना आउनेजस्ता लक्षण लिएर अस्पतालमा भर्ना हुने गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार