रुकुम पूर्व अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

रुकुम पूर्व अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

रुकुमकोट । रुकुम पूर्व अस्पतालमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी वृद्धि भएका छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डाक्टर अर्जुन बुढामगरले बताउनुभयो ।

बिरामीमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने लगायतका लक्षण देखापर्ने गरेको उहाँले बताउनुभयो । भाइरल ज्वरोको उपचारका लागि दैनिक ३० देखि ३५ बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उहाँको भनाई छ ।

अस्पतालले दिएको जानकारी अनुसार अन्य नागरिकको तुलनामा भाइरल ज्वरो बालबालिकामा बढि देखिएको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार