प्रदेशसभामा ओलीको उम्मेदवारी खारेज

प्रदेशसभामा ओलीको उम्मेदवारी खारेज

मुसिकोट । रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ ।

बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो ।

माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नम्बर (ख) का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेकोमा छानबिनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार उम्मेदवारी खारेज गरेको हो ।

कांग्रेस नेता ओलीमाथि बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख थियो ।

अन्य कुनैपनि उम्मेदवारका विरुद्ध भने दाबि विरोध नपरेको मुख्य निर्वाचनको अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिनुभयो ।

गठबन्धनको भागवण्डा अनुसार सो क्षेत्रमा कांग्रेस/माओवादी भनेर नै उल्लेख गरेको थियो । यद्यपि माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार