रुकुम पश्चिममा निर्वाचन सामाग्री वितरण सुरु

रुकुम पश्चिममा निर्वाचन सामाग्री वितरण सुरु

 

मुसिकोट । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा लिने निर्वाचन सामाग्री वितरण सुरु गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले सोमबार देखि जिल्लाका स्थानीय तह अनुसार पालैपालो निर्वाचन सामाग्री वितरण सुरु गरेको हो । जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार आज जिल्लाको आठबिसकोट नगरपालिकामा रहेका मतदान केन्द्रको लागि सामाग्री वितरण गरिएको छ ।

मतदानाको दिन आवश्यक पर्ने मतपेटिका, छेकाबार, स्ट्याप्प प्याड, मतदाता नामावली सहितका निर्वाचन सामाग्री मतदानमा खटिएका कर्मचारीहरुलाई बुझाईएको हो ।
भोलि मंगलबारका दिन जिल्लाको चौरजहारी नगरपालिका, बाँफिकोट र सानीभेरी गाउँपालिकाका लागि निर्वाचन सामाग्री बुझाईने छ भने बुधबार जिल्लाको मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाको लागि निर्वाचन सामाग्री बुझाउने कार्यक्रम रहेको निवौचन अधिकारी मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतपत्रहरु भने मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट भोलि देखि उपलब्ध हुने जनाईएको छ ।

रुकुम पश्चिममा रहेका ६ वटा स्थानीय तहमा ७६ वटा मतदान केन्द्र र १३९ वटा मतदानस्थल रहेका छन् । यसका साथै दुईवटा अस्थायी मतदान केन्द्र रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार