बैशाख १५ काठमाडौ
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणाको लागि सरकारले लकडाउन गरेपछि भक्तपुरमा डेरामा बस्दै आएका रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाका ३० जना विद्यार्थीहरु लाई राहत वितरण गरिएको छ ।
रुकुम त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का केशब खड्काले विद्यार्थीहरुलाई सहयोग गर्नुभएको हो । उनीहरुलाई प्रतिव्यक्ति ५ आईटम चामल, दाल, तेल, साबुन र चाउचाउ बितरण गरिएको हो ।
आइतबार कडाउनका कारण सबै विद्यार्थीहरु एउटै ठाउँमा जम्मा हुन नसक्ने भएकाले विद्यार्थी धर्मजित ओली र लाल बहादुर खड्कालाई जिम्मा लगाएको छ । उहाँले भन्नु भयो लकडाउनका कारणले घरबाट पनि पैसा पठाउने अवस्था नभएको र बजारमा पनि सहज रुपमा सामान किन्न नसक्ने भएकाले उनीहरुलाइै केहि राहत होस भन्ने हेतुले सहयोग वितरण गरिएको हो ।
उहाँले करिब ३० हजार रकमको राहत वितरण गर्नुभएको हो । यो सहयोगले पछि थपिएको लकडाउन सम्मलाई पुग्ने र समस्या र अफ्ठेरोको आधारमा अन्य सहयोगी नियकायहरु सँग समन्वय गरि आगामि दिनहरूमा पनि विद्यार्थीहरु लाई सहयोग गरिने उहाको भनाई छ । सहयोग गर्ने खड्का हाल प्रदेश वन मन्त्रालय बुटवलमा कार्यरत हुनुहुन्छ ।