रुकुम पश्चिममा मनाइयो क्रिसमस डे

रुकुम पश्चिममा मनाइयो क्रिसमस डे

मुसिकोट । रुकुम पश्चिममा आज क्रिश्चियन धर्मावलम्बीहरुले क्रिसमस डे मनाएका छन ।  क्रिश्चियन धर्मावलम्बीहरुले जिल्लामा रहेका चर्चहरुमा प्रार्थना गर्दे, एकअर्कामा प्रेम प्रकट गर्दै र शुभकामना तथा उपहार साटासाट गर्दै क्रिसमस डे मनाएको रुकुमेली मिशन समाज रुकुम पश्चिमका अध्यक्ष अबिनाश बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सवै चर्चहरुमा परमेश्वरको बचन मनन गर्नुका साथै बिभिन्न कार्यक्रमहरु गरिएको छ ।

हरेक बर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायले क्रिसमस डे मनाउँदै आएको छ । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको थियो । ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको हो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि मनाउन थालिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार