रुकुम पूर्व : हुकाम स्वास्थ्य चौकिमा ल्याव सेवा

रुकुम पूर्व : हुकाम स्वास्थ्य चौकिमा ल्याव सेवा

रुकुमकोट । रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर ५ मा ल्याव सेवा सुचारु गरिएको छ । हुकाम स्वास्थ्य चौकिमा ल्याव सेवाको सुचारु गरिएको हो । एक कार्यक्रमका बिच ल्याव सेवाको गाउँपालिका अध्यक्ष पुणिराज घर्ती ले रगत जाँच गराएर उद्धाटन गर्नुभएको हो ।

पुथा उत्तरगंगा गाउँपालिकाको समन्वयमा ग्रामिण स्वास्थ्य सुधार परियोजना फेयर मेड तथा सर्वङ्गिन विकास केन्द्र (एच.डि.सी.) को आर्थिक सहयोगमा हुकाममा ल्याव सेवा सन्चालनमा ल्याइएको हो।

भौगोलिक हिसाबमा जिल्लाको दुर्गम क्षेत्र मानिने हुकाममा पहिलो चोटि ल्याव सेवा सुरु हुदा नागरिकहरुले खुसी व्यक्त गरेका छन ।

साबिकको हुकाम गाविसको वडा नम्बर १,२,३,४,५,६, र ९ नम्बर वडा नागरिक हरुलाई लक्षित गर्दै हुकाम स्वास्थ्य चौकिमा ल्याव सेवा सुरु गरिएको एचडिसिका कार्यकारी निर्देशक लीलामणि गौतमले जानकारी दिनुभयो ।

यस अघि गाउपालिकाको तकसेरामा पनि ल्याव सेवा संचालनमा ल्याइएको थियो । हुकामका नागरिकलाई त्यहासम्म पुग्न असहज नहोस भन्ने उद्धेश्यका साथ हुकाममै ल्याव सेवा संचालन गरिएको गौतमले बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार