बैशाख १८ काठमाडौ
महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा निवेदन दिनुभएको छ ।
बिहीबार पुल्चोकस्थित मानव अधिकार आयोग पुगेर सांसद यादवले आफूलाई अपहरण गरेको भन्दै आयोगका सदस्य सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी दिनुभएको हो । उजुरीपत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताउनु भएको छ ।
आफुलाई अपहरण गरी बन्धक बनाइ काठमाडौं ल्याएको भन्दै डा. यादवले यसअघि महानगरीय प्रहरी परिसर, सरकारी वकिल कार्यालय काठमाडौंमा किटानी जाहेरी दिए पनि दर्ता भएको थिएन।