एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति : सचिव भट्टराई

एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति : सचिव भट्टराई

मुसिकोट । पूर्व पर्यटन मन्त्री एवं नेकपा एमाले का सचिव योगेशकुमार भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गर्नुभएको छ।

बिहिबार प्रेस चौतारी नेपाल रुकुम पश्चिमले पार्टि कार्यालय बागबजारमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले अहिलेको सत्ता गठबन्धनमा पुस १० गते भएको सहमति अनुसार नै राष्ट्रपति निर्वाचन हुने बताउनुभयो।

केही नेताले सहमति विपरीत गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै उहाँले गत निर्वाचनबाट एमाले दोस्रो ठूलो रुपमा रहेको र सत्ता गठबन्धनमा ठूलो दल भएका कारण प्रधानमन्त्री प्रचण्डलाई दिने र राष्ट्रपति तथा सभामुख एमालेलाई दिने सहमति अनुसार नै राष्ट्रपति निर्वाचनमा मतपरिणाम आउने बताउनुभयो।

उहाँले एमालेले कसलाई राष्ट्रपति बनाउँछ भन्ने विषय भने अझै नटुङ्गिएको बताउनुभयो। राष्ट्रपतिको निर्वाचनमा निश्चित र निर्वाचित सदस्यबाटै मतदान गर्ने भएकाले पनि नाम टुङ्ग्याउन हतार नगरेको नेता भट्टराईको भनाइ छ।

प्रधानमन्त्रीले अहिलेको सत्ता साझेदारी टुटेको घोषणा नगरेको उल्लेख गर्नुहुँदै उहाँले हरेक राजनीतिक दलहरु निर्णय लिन स्वतन्त्र रहेको जनाउनुभयो । नेपाली काँग्रेस, माओवादी सहितको पुरानै गठबन्धनको तर्फबाट राष्ट्रपति चयन भएमा एमालेको भूमिका के रहन्छ ? भन्ने पत्रकारहरुको जिज्ञामा सचिव भट्टराईले एमालेले दुईटा डुङगामा खुट्टा नराख्ने, सरकारका नरहने अवस्था आउने बताउनुभयो ।

यस्तै नेकपा एमाले पार्टीले देशव्यापी रुपमा दुई महिने ‘मिसन ग्रास रुट’ अभियान सञ्चालन गरेको जानकारी दिदै सचिव भट्टराईले देशका ७ सय ५३ वटै पालिकामा दुई महिने अभियान संचालन गरेर पार्टी तथा जनवर्गिय संगठनहरु सुदृढीकरण तथा विस्तार गर्न लागेको बताउनुभयो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार