निशुल्क आँखा शिविरमा ९४ जना लाभान्वित

निशुल्क आँखा शिविरमा ९४ जना लाभान्वित

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट खलंगामा रहेको आँखा स्वास्थ्य सेवा तथा चश्मा घरको आयोजनामा महाकालि माध्यमिक विद्यालय समिबोट रातामाटामा एक दिने आँखा जाँच शिविर सम्पन्न गरिएको हो ।

शिविरबाट ९४ जना सर्वसाधाहरुले सेवा लिएका छन । दृष्टि बिशेषज्ञ मन्दिप गौतम र नेत्र सहायक पुष्पा पोख्रेलले निशुल्क आँखा जाँच तथा उपचार गर्नुभएको थियो ।

दृष्टि बिशेषज्ञ गौतमका अनुसार ६० जना महिला र ३४ जना पुरुषले शिविरबाट सेवा दिनुभएको छ । शिविरमा आएका मध्य ४० जनामा मोतिबिन्दु, दुई जनामा जलबिन्दु, २० जनामा दृष्टि दोष र एक जनामा डेडोपनाको समस्या रहेको गौतमले उल्लेख गर्नुभयो ।

शिविरबाट आवश्यकताको आधारमा निशुल्क औषधि र सशुल्क चश्मा वितरण गरिएको थियो । आँखा स्वास्थ्य सेवा तथा चश्मा घरले जिल्लाका बिभिन्न स्थानहरुमा निशुल्क शिविरबाट सेवा दिदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार