रुकुम पश्चिममा जिप दुर्घटना : ५ जनाको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना : ५ जनाको मृत्यु

मुसिकोट । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ को दुली दुधारमा जिप दुर्घटना हुुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका ५ हाँसुबाट मुसिकोट खलंगा आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान ७:३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा गरी २२ दिनको बच्चा र आमा सहित ५ जनाको मृत्यु भएको बाँफिकोट गाउँपालिका ८ का वडाध्यक्ष धनबहादुर केसीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नम्बर ५ कि रेखा केसी, उहाँका २२ दिनका छोरा, सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका  कर्णबहादुर बाँठा र शितला कुसारी रहेको वडाध्यक्ष केसीले बताउनुभयो । शितलाको उपचारका लागि लैजादै गर्दा बाटोमा र अन्यको घटनास्थलमै मृत्यु भएको उहाँको भनाई छ ।

दुर्घटनामा परि १० जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ।

दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार