बाँफिकोट– २ मा सुनौला हजार दिनका आमालाई कुखुरा वितरण

बाँफिकोट– २ मा सुनौला हजार दिनका आमालाई कुखुरा वितरण

मुसिकाेट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर २ मा सुनौला हजार दिनका आमाहरुलाई कुखुरा वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत आज वडाका सुनौला हजार दिनका आमाहरुलाई कुखुरा र दाना वितरण गरिएको हो ।

वडामा रहेका १ सय ८४ जना आमाहरुलाई ५ सय ७५ वटा कुखुरा र एक सय केजि कुखुराको दाना वितरण गरिएको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आमा र बच्चाको स्वास्थ्य र पोषणलाई ध्यानमा राखेर कुखुुरा र दाना वितरण गरिएको हो ।

सुनौला हजार दिनका आमाले आफ्नो र बच्चाको पोषणको लागि अण्डाको सेवन लाभदायिक मानिने भएकाले अण्डाको लागि कुखुरा वितरण गरिएको हो । कुखुरा वितरण कार्यक्रमले सुनौला हजार दिनका आमाहरु र बच्चाको पोषणमा सहयोग पुग्ने अपक्षा गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार