रुकुम पश्चिमका २७ जना पत्रकारको निशुल्क आँखा जाँच तथा उपचार

रुकुम पश्चिमका २७ जना पत्रकारको निशुल्क आँखा जाँच तथा उपचार

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले जिल्लामा क्रियाशिल २७ जना पत्रकारहरुको निशुल्क आँखा जाँच तथा उपचार गरेको छ ।

शनिबार महासंघले आँखा स्वास्थ्य सेवा तथा चश्मा घरको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । मुसिकोट नगरपालिका १ खलंगामा रहेको आँखा स्वास्थ्य सेवा तथा चश्मा घरमा पत्रकारहरुको आँखा जाँच गरिएको हो ।

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीका अनुसार निशुल्क आँखा जाँच तथा उपचारमा जिल्लाका २७ जना पत्रकारहरुको आँखाको जाँच तथा उपचार गरिएको छ । कम्प्युटरमा काम गर्ने पत्रकारहरुको प्रत्येक वर्ष आँखा जाँच गर्ने कार्यक्रम अन्तर्गत चश्मा घरसँगको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो । महासंघका अध्यक्ष केसीले चश्मा घर परिवारलाई सहकार्यका लागि धन्यबाद व्यक्त गर्नुभयो ।

जाँच गरिएका अधिकांश पत्रकारहरुको आँखामा दृष्टि दोषको समस्या देखिएको दृष्टि विशेषज्ञ मन्दिप गौतमले जानकारी दिनुभयो । उहाँले १९ जनामा दृष्टि दोष, पाँच जनामा आखााँमा सुख्खापन हुने र दुई जनामा कलर भिजनको समस्या भएको बताउनुभयो । दृष्टि बिशेषज्ञ गौतम र नेत्र सहायक पुष्पा पोखरेलले आँखाको जाँच तथा उपचार गर्नुभएको थियो ।

आँखा स्वास्थ्य सेवा तथा चश्मा घरका व्यवस्थापक महेन्द्र गौतमले अत्याधुनिक उपकरणसहित विगत ६ महिना देखि मुसिकोटमा आँखा सम्बन्धिको सेवा दिदै आएको बताउनुभयो । उहाँले चाँडै नै आँखाको अप्रेशन सहितको सेवा सुरु गरिने जनाउनुभयो ।

पत्रकार महासंघले गत वर्षदेखि पत्रकारहरुको आँखा जाँच तथा उपचार गर्दै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार