प्रेस सेन्टर मुसिकोटको अध्यक्षमा फलिराम चयन

प्रेस सेन्टर मुसिकोटको अध्यक्षमा फलिराम चयन

मुसिकोट । प्रेस सेन्टर नेपाल मुसिकोट नगरपालिका रुकुम पश्चिमको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

शनिबार खलंगामा भएको संगठनको दोस्रो साधाण सभाले फलिराम सिर्पालीको अध्यक्षतामा नयाँ नगर समिति चयन गरेको छ । जसको उपाध्यक्षमा भिमबहादुर बुढा, सचिवमा घनश्याम खड्का र कोषाध्यक्षमा आयुषा रोका चयन हुनुभएको छ ।

समिति ९ सदस्यीय रहेको जनाइएको छ । २ जना सदस्य भने पछि थप गरिने संगठनले जनाएको छ । सदस्यहरुमा कपिल बिष्ट, अजित खड्का र रविन्द्र खड्का रहनुभएको छ ।

निवर्तमान अध्यक्ष दिपेन्द्र महताराको अध्यक्षतामा भएको साधारण सभामा नेकपा माओवादी केन्द्र मुसिकोटका अध्यक्ष दलबहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै संगठनका केन्द्रीय सदस्य मेगराज खड्का, कर्णाली प्रदेश सचिव धनकुमार शाही, जिल्ला अध्यक्ष देवकुमार ओली, सचिव मनिष खड्का लगायतको आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार