प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार राजुलाई प्रदान

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार राजुलाई प्रदान

मुसिकोट । रुकुम पश्चिममा क्रियाशिल पत्रकार राजु लामिछानलाई यस बर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

शनिवार काउन्सिलले राष्ट्रपति निवासमा आयोजना गरेको बिशेष समारोहका बिच लामिछानेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार – २०८० बाट पुरस्कृत गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नगद पुरस्कार सहित प्रमाणपत्र र दोसल्लाले उहाँलाई सम्मान गर्नुभएको हो ।

पत्रकारितामार्फत राष्ट्रलाई पुर्‍याउँदै आएको योगदानको कदर गर्दै उहाँलाई पुरस्कृत गरिएको हो ।

विगत दुई दशकदेखि पत्रकारितामा संलग्न लामिछाने जाजरकोट सन्देश, असल शासन र जनआस्था साप्ताहिक पत्रिका मार्फत पत्रकारितामा जोडिनुभएको थियो ।

साहित्यिक पत्रकारिता मार्फत मूलधारको पत्रकारितामा जोडिनुभएका लामिछाने हाल गोरखापत्र दैनिक, उज्यालो रेडियो तथा अनलाईन, मूलपाटी डटकम, असल शासन साप्ताहिकमा कार्यरत हुनुहुन्छ ।

उहाँसँगै प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा विभिन्न सञ्चारकर्मी र व्यक्तित्वहरूलाई सम्मान गरेको छ । काउन्सिलले १६ जनालाई सम्मान गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार