पेट्रोलियम पदार्थमा बढेको मूल्य फिर्ता लिन मन्त्रिपरिषद्को निर्देशन

पेट्रोलियम पदार्थमा बढेको मूल्य फिर्ता लिन मन्त्रिपरिषद्को निर्देशन

चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य  फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।

उपभोक्ताको ढाड सेक्ने गरि मूल्य वृद्धि भएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएको हो ।

नेपाल आयल निगम हिजो पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु दुई सय १५ रुपैयाँ बढाएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार