मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
आइतबार ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा गाउँपालिकाले ११ वटै वडाका ३९ जना जेष्ठ नागरिकलाई सम्मान गरेको बाल अधिकार अधिकृत मानबिर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ नागरिकहरुलाई सम्मान सँगै एक हजार रुपैया बराबरको दैनिक उपभोग्य सामाग्रीहरु दाल, चामल, तेल, चिनी उपलब्ध गराईको छ ।
सानीभेरी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा सामाजिक विकास शाखा रुकुम पश्चिमको सहकार्यमा भएको कार्यक्रममा जेष्ठ नागरिक मञ्च सानीभेरी गाउँपालिका अध्यक्ष अमरसिं नकालको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्यता सानीभेरी गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टले गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा उपाध्यक्ष कमला रोका¸ प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी, वडा अध्यक्षहरु, नेपाली काँग्रेस सानीभेरी गाउँपालिकाका प्रवक्ता जगदिश ओली, नेकपा माओबादी केन्द्र सानीभेरी गाउँपालिका अध्यक्ष धर्म बहादुर पुन लगायतको आतिथ्यता रहेको थियो ।