जेठ ७ काठमाडौ ।
आज रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षमा कपिलवस्तुका १२ जना र रुपन्देहीका १ युवकमा कोरोना संक्रमण देखिएको हो ।
उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्ति हुन् ।
यसकाे औपचारिक जानकारि स्वास्थ्य मन्त्रालयले भने दिइसकेको छैन ।