जंगली बँदेल सिकार गरेको कसुरमा २ जना प्रक्राउ

जंगली बँदेल सिकार गरेको कसुरमा २ जना प्रक्राउ

मुसिकोट । रुकुम पश्चिममा जंगली बँदेलको अवैध शिकार गरेको कसुरमा दुई जना पक्राउ परेका छन् ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमले जंगली बँदेलको अवैध शिकार गरेको कसुरमा दुई जनालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारका अनुसार पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका वडा नम्वर १ वस्ने ३७ बर्षिय काली बहादुर महतारा र सोहि नगरपालिका वडा नम्वर ६ निवासी २३ बर्षिय समिर केसी रहेको छन ।

उहाँका अनुसार डिभिजन वन कार्यालयको टोलीले गत असार २५ गते मुसिकोट नगरपालिका वडा नम्वर ६ स्थित पानाखोला जंगलबाट जंगली बँदेलको मासु बरामद गरेको थियो ।

उक्त कार्यमा संलग्न भएको आरोपमा महतारा र केसीलाई पक्राउ गरिएको हो । उहाँहरु बिरुद्ध वन ऐन अनुसार मुद्धा चलाईने बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार