टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्लाटफर्म टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा मंगलबार सरकारले टिकटक खुला गर्ने विकल्पबारे कम्पनीका नेपाल प्रतिनिधि लगायतसँग परामर्श अघि बढाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार ओलीले प्रधानमन्त्री हुनेबित्तिकै टिकटकमाथिको प्रतिबन्धका विषयमा के भइरहेको छ भनेर चासो व्यक्त भएको थियो ।

अहिले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम गर्न तयार रहेको भन्दै पछिल्लो पत्र सञ्चार मन्त्रालयमा बुझाइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण लगत्तै नेपालमा सामाजिक सद्‌भाव बिगार्ने काम गरेको भन्दै २७ कात्तिक २०८० को मन्त्रिपरिषद्‌ बैठकले नेपालमा टिकटक प्रयोगमा रोक लगाउने निर्णय लिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार