नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा कांग्रेसनिकट विजयी

नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा कांग्रेसनिकट विजयी

काठमाडौं । इञ्जिनियरहरूको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेसनिकट उम्मेदवारहरू निर्वाचित भएका छन्।
शनिबार भएको निर्वाचनमा कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अधिकांश उम्मेदवार निर्वाचित भएका हुन्।
अध्यक्षमा सुवासचन्द्र बराल निर्वाचित भएका छन्। दुई दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहेका उनी चितवनका हुन्।
अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको थियो।
बरालले ४ हजार ८ सय ४२ मत ल्याएर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेले २ हजार ८ सय १० मत ल्याएका थिए।
अध्यक्षका उम्मेदवार राजेन्द्र हाडाले १३४, रामेश्वरप्रसाद कलवाले १५७, दीपक श्रेष्ठले ३६२, नन्दलाल बन्जाडेले १६४ मत ल्याएका थिए।
सहअध्यक्षमा ७ जना उम्मेदवार रहेकोमा प्रकाश केसी ४ हजार ४ सय ७१ मतसहित निर्वाचित भएका छन्।
महासचिवमा ६ जना उम्मेदवार रहेकोमा विनोदप्रकाश पण्डित चार हजार ६८ मतसहित विजयी भए भने उपमहासचिवमा ७ जना उम्मेदवार रहेकोमा अनिल मानन्धर ४ हजार १ सय ३ मतसहित विजयी भएका छन्।
७ जना उम्मेदवार रहेको कोषाध्यक्षमा सुमन थापा ३ हजार ८ सय ७४ र ७ जना उम्मेदवार रहेको सहकोषाध्यक्षमा कृष्णप्रसाद पोख्रेल ४ हजार २ सय ५४ मतसहित विजयी भएका हुन्।
२५ सदस्यीय केन्द्रीय समितिमा सिडेनबाहिरका ३ जनाले जितेका छन्।
कांग्रेसनिकट सिडेनका उम्मेवार संघ, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विजयी भए भने झिनो मतान्तरले मधेसको अध्यक्षमा पराजित भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार