जेठ १९ काठमाडौ
थलासिमिया नामक रोगबाट रोगबाट पिडित अर्धाखाँची पणिक गाउँपालिका –१ का चार वर्षिया बालक रनिक परियारको आर्थिक अभावका कारण उपचारमा प्रभावित भएको छ । चिकित्सकले बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने भनेपछि उपचारमा आर्थिक समस्या आएको हो । बोनम्यारो प्रत्यारोपणका लागि १७ लाख लाग्ने भएपछि ती बालकको उपचारमा समस्या आएको छ ।
रनिकको हाल काठमाडौँको सिभिल अस्पतालमा उपचार भैरहेको छ । रनिकका बाबु राम बहादुर परियाले छोरोको उपचारमा सहयोग गर्न याचना गरेका छन् । रनिकको सिभिल अस्पतालमा १९ महिनादेखि उपचार भैरहेको छ । हरेक ९ देखि १५ दिनमा रगत चढाउनु पर्नेपर्छ तर कहिले काहि शरिरमा रगतको मात्रा हेरेर चाँडै पनि चढाउनु पर्ने रनिकका बुबा रामबहादुरले बताए ।
रामबाहादुरले सहयोगका लागि बैँक अफ काठमाडौँमा रामबहादुर परियारको नाममा रहेको खाता नं. ०३४४०००००५००५२४ मा सहयोग गर्न वा ९८४९७४५६५० मा सम्पर्क गरि सहयोग गर्न आग्रह गरेका छन् । विश्वमाहामारी कोरोनाले गर्दा थप समस्या भएको रामबाहदुरले बताए । उनले भने,काठमाडौँमा बसेर छोराको उपचार गराउँदा खान बस्नको समेत समस्या भैरहेको छ ।
रामबहादुरले विश्वमा रहेका नेपाली सहयोगी मनहरुलाई छोराको जिवन रक्षाका लागि सहयोग गरिदिन अग्रह गरेका छन् । घरको आर्थिक अवस्था कामजोर भएकाले उपचारमा समस्या भएको छ, उनले भने सबैमा मेरो बिन्ती छ मेरो छोराको ज्यान बचाइदिनुहोस् ।