वनस्थलीमा मोटरसाइकल नालामा खस्यो, चालक बेपत्ता

वनस्थलीमा मोटरसाइकल नालामा खस्यो, चालक बेपत्ता

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा ढलमा मोटरसाइकल खसेको छ । ढलमा खसेको मोटरसाइकल र चालकलाई बाढीले बगाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए ।

उनका अनुसार शुक्रबार साँझ सवा ६ बजेतिर बागमती प्रदेश–२–०१८प २९७३ को मोटरसाइकलमा खस्दा बगाएको हो ।

मोटरसाइकललाई ढलबाट निकालिए पनि चालक बेपत्ता रहेको र खोजीकार्य जारी रहेको उनको भनाइ छ ।

मोटरसाइकलमा चालक मात्रै थिए या पछाडि अरू कोही पनि सवार थिए भन्नेबारे नखुलेको प्रहरीको भनाइ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार