डिग्रे शाईकुमारीद्धारा ४६ जना सदस्यलाई पेन्सन सुविधि

डिग्रे शाईकुमारीद्धारा ४६ जना सदस्यलाई पेन्सन सुविधि

मुसिकोट । रुकुम पश्चिमको डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई पेन्सन वितरण गरेको छ । संस्थाको लघु वित्त कार्यक्रममा पेन्सन बचत योजना अन्तर्गत सहभागी सदस्यहरुको १५ वर्षे सेवा अवधि पुरा भएपछि बिहिबार एक कार्यक्रम गरी ४६ जना सदस्यहरुलाई पेन्सन सुविधा वितरण गरेको हो ।

संस्था अन्तर्गतका मुसिकोट नगरपालिका ४ मा रहेको सरकारमाथा शाईकुुमारी महिला केन्द्र, केन्द्र नम्बर ११, ए, बि, सयपत्री शाईकुुमारी महिला केन्द्र, केन्द्र नम्बर १२ र बाज्ञश्वरी शाईकुुमारी महिला केन्द्र, केन्द्र नम्बर १३ का ४६ जना सदस्यहरुलाई पेन्सन वितरण गरिएको संस्थाका प्रवन्धक यज्ञ विष्टले जानकारी दिनुभयो ।

सदस्यले जति बचत गरेका छन् उक्त बचत सहित त्यति नै बराबर पेन्सन थपेर वितरण गरिएको उहाँले बताउनुभयो । यसरी ४६ जना सदस्यलाई १२ लाख ४८ हजार ५३७ रुपैंया वितरण गरिएको प्रवन्धक विष्टले बताउनुभयो ।

संस्थाका अध्यक्ष बेदराज शर्मा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षमा मनिषा रोकाय भण्डारी‚ सचिवमा ज्ञानु गौतम, कोषाध्यक्ष मोहविर खड्का, सञ्चालक समिति सदस्य नवराज पाण्डे, गोकर्ण खड्का, संस्थाका प्रबन्धक यज्ञ विष्टको आथित्यता रहेको थियो ।

२०६३ सालमा स्थापना भएको संस्थाले २०६४ साल देखि लघुवित्त कायक्रम सञ्चालन गरेको थियो । यस डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्थामा ५ हजार ८ जना सदस्य आवद्ध रहेका छन ।

संस्थाले हाल केन्द्रिय कार्यालय खलंगा, सेवा केन्द्र कार्यालय रुकुमकोट, झुल्नेटा, आठविसकोट र चौरजहारीबाट सेवा दिदै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार