मुसिकोट । रुकुम पश्चिममा निर्माणाधीन स्यार्पू हाइड्रोपावरमा काम गर्ने एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्लाको बाँफिकोट गाँउपालिका वडा नम्बर ३ भाग्लेमा बन्दै गरेको हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय मानबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
वडा अध्यक्ष तिलविर केसीका अनुसार आज दिउँसो ३ बजे नेपालीलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।