मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का इन्द्रबहादुर खड्काले आफनो जन्मदिनको अवसरमा बिरामीलाई आर्थिक सहयोग तथा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।
हार्डवेयर सञ्चालन गर्दै आउनुभएका समाजसेवी खड्काले आफ्नो ३८ औं जन्मदिनको अवसरमा बिरामीलाई आर्थिक सहयोग तथा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।
उहाँले सुर्योदय मावि बेल्टापुका दुईजना र आवि गोलडाँडाका दुई जना गरेर चार जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको हो ।
यस्तै खड्काले हृदयघात भई उपचाररत खडक विकलाई ३ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।