जेठ २७ काठमाडौँ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जेठ महिनाभित्र एसईईबारे निर्णय गर्ने जानकारी गराएका छन्।
प्रतिनिधिसभा संसद बैठकमा मंगलबार सांसदहरूले राखेका जिज्ञासामा केन्द्रीत रहेर जवाफ दिएका शिक्षामन्त्री पोखरेलले कोरोनाको संक्रमण रोक्न लक डाउन गर्दा प्रभावित भएको एसईई परिक्षालाई के गर्ने भन्नेबारे केही दिनभित्रै निर्णय लिने प्रतिबद्धता जनाएका हुन्।
गएको चैत ७ गतेदेखि तोकिएको एसईई परिक्षा १२ घण्टाअघि सरकारले कोरोना संक्रमण रोक्न भन्दै स्थगित गरेको थियो।
जेठ ३२ गतेसम्म लक डाउन कायम रहेकाले त्यस लगत्तै सरकारले एसईई निर्णय गर्ने उल्लेख गरे। मन्त्री पोखरेलले एसईईबारे तीवटा विकल्पमा छलफल भइरहेको जानकारी दिए।
उनले भने पहिलो खारेज गर्ने, दोस्रो अघिल्ला परिक्षाका आधारमा विद्यालयमै व्यवस्थापन गर्ने र तेस्रो राष्ट्रिय परिक्षा बोर्डले प्रमाणित गरिदिने विषयमा छलफल गरिरहेका छौं।’ उनले एसईईका विषयमा कानुनी जटिलता रहेको समेत बताए।