काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो।
मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ।