जेठ २८ काठमाडौ
प्रा. डाक्टर गोविन्द केसी दार्चुलाका दुर्गम गाउँपालिकाका स्वास्थ्य चौकीमा पुगेर जनतालाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। व्याँस गाउँपालिका र मार्मा गाउँपालिकामा सेवा दिएका डा. केसी अपिहिमाल गाउँपालिका पुगेका छन्।
अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्यचौकीमा जनतालाई दुई दिन नि:ल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम रहेको डा. केसीले बताए ।
दार्चुला जिल्लाको अवस्था हेर्दा निकै दयनीय छ । विगत ३ दशकदेखि दार्चुलामा नबौं तहको डाक्टरको दरबन्दी खालिछ । अहिलेसम्म कसैले चासो देखाएका छैनन् । सामान्य बिरामी हुँदा बिरामीले भारतको पिथौरागढ, धनगढी , नेपागन्ज, काठमाडौ धाउनुपर्ने बाध्यता कायमै रहेका बेला डा. गोबिन्द केसीले सेवा प्रदान गर्दा दार्चुलाबासि खुसी भएका छन्।
गाउँमा डाक्टर पुगेर निशुल्क स्वास्थ्य सेवा पाएपछि दुर्गम गाउँका स्थानीय खुसी भएका छन् । डा.केसी शनिबार मार्मा गाउँपालिका पुगेका थिए।आइतबार र सोमबार स्वास्थ्य सेवा प्रदान गरेका केसी मंगलबार दुर्गम गाउँपालिका अपिहिमाल उक्लिएका थिए। अपिहिमालको खण्डेश्वरी स्वास्थ्यचौकीमा दुई दिन निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टर गोविन्द केसीले बताए।