सुर्खेत । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक प्रगति समीक्षा सुरु गरेको छ।
प्रगति समिक्षा कार्यक्रममा मन्त्रालयका सचिव डा. योगेन्द्र मिश्रको अध्यक्षता र प्रदेश मुख्यमन्त्री यामलाल कडेलको प्रमुख आतिथ्यता रहेको छ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाह, जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा, कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव लीला प्रसाद शर्मा, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयसहित ९ जिल्ला कार्यालयका प्रमुखहरुकाे सहभागी रहेको छ ।
अहिले कार्यक्रममा जिल्लागत रूपमा कार्यालय प्रमुखहरूले प्रगति प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।
आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तयारीबारे पनि कार्यक्रममा छलफल हुने मन्त्रलायले जनाएको छ ।


