सुर्खेत । रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् ।
बिक र बस्नेतसहितका नेताहरु रास्वपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित कार्यक्रममा स्वागत गरेका छन् ।
उनीहरुसँगै रास्वपा छाडेका दर्जनौं नेता कार्यकर्ता प्रवेश गरेको कांग्रेसले दाबी गरेको छ ।

