जुम्ल्याहा मूल बहुउद्देश्यीय सिँचाइ योजनाको मन्त्री बुढाद्वारा अनुगमन

जुम्ल्याहा मूल बहुउद्देश्यीय सिँचाइ योजनाको मन्त्री बुढाद्वारा अनुगमन

सुर्खेत । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमनमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले विभिन्न जिल्लामा पुगेर खानेपानी, सिँचाइ, ऊर्जा तथा सरसफाइ क्षेत्रका आयोजनाहरूको प्रगति मूल्याङ्कन गर्दै आवश्यक सुधारका लागि निर्देशन दिँदै आएका छन्।

यसैक्रममा आइतबार सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ६, ७ र ८ मा निर्माणाधीन जुम्ल्याहा मूल बहुउद्देश्यीय सिँचाइ योजनाको स्थलगत अनुगमन गर्नुभएको छ।

कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय, सुर्खेतद्वारा कार्यान्वयन भइरहेको उक्त आयोजनाको अनुगमनका क्रममा मन्त्री बुढाले पछिल्लो कार्य प्रगतिको समीक्षा गर्दै तोकिएको समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

अनुगमनका क्रममा मन्त्रालयका सचिव डा. योगेन्द्र मिश्र, निर्देशनालयका निर्देशक सि.डि.ई. श्रीधर भट्टराई लगायत मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार