भेरी नदीमा जिप बेपत्ता, २ जनाको उद्धार

भेरी नदीमा जिप बेपत्ता, २ जनाको उद्धार

काठमाडौँ ।  छिन्चु-जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बन्गाड कुपिण्डे नगरपालिका-१ अम्रा नजिकै भेरी नदीमा बेपत्ता भएको जिपमा सवार २ जनाको उद्धार गरिएको छ ।

बालुवासंग्रहीबाट सल्लीबजार जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप बुधबार दिउँसो सडकबाट ५० मिटर तल भेरी नदीमा खसेर बेपत्ता भएको हो । जिपमा चार जना सवार थिए ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नदीमा खसेको जिपसँगै चालक र  जिपधनी बेपत्ता भएका छन् भने बन्गाड कुपिण्डे नगरपालिका १ आपखोली बस्ने वर्ष २९ का प्रेम विक र २१ का खुमलाल बुढाथोकीको घाइते अवस्थामा उद्धार गरिएको छ ।

घाइते दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता जिपधनी र चालकको भने नाम खुल्न सकेको छैन ।

बेपत्ता व्यक्ति र जिपको खोजी गरिरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार