त्रिवेणीमा पहिरोमा परेर एक जनाको मृत्यु

त्रिवेणीमा पहिरोमा परेर एक जनाको मृत्यु

मुसिकोट । रुकुम पश्चिममा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका–१० मा आएको पहिरोमा परी स्थानीय सालघारी निवासी धनबहादुर ओलीको मृत्यु भएको हो ।

स्थानीय नवीन खड्काका अनुसार बिहीबार बेलुका पेउघा–पेदीखेत बजारबाट घरतर्फ जाने क्रममा वैराथानमा आएको पहिरोमा परेर ओलीको मृत्यु भएको हो ।

वैरागीठाँटी–नुवाकोट सडकखण्डअन्तर्गत वैराथानमा पहिरो आएको हो । प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार