सहिद गणेश शाहको स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण

सहिद गणेश शाहको स्मृति दिवसमा बिरामीलाई फलफूल वितरण

मुसिकोट । सहिद गणेश शाहको ३२ औँ स्मृति दिवसको अवसरमा रुकुम पश्चिमको चौरजहारीमा बिरामीलाई फलफूल तथा जुस वितरण गरिएको छ ।

बुधबार चौरजहारी अस्पतालमा उपचाररत एक सय जना बिरामीलाई जुस वितरण गरेको हो । त्यस्तै, चौरजहारी नगरपालिका–१० चिन्नेबगरस्थित नगर अस्पतालमा उपचाररत १४ जना बिरामीलाई फलफूल वितरण गरिएको सहिद शाहका कान्छा छोरा सुधीर शाहले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस रुकुम पश्चिमका जिल्ला उपसभापति हर्कसिंह खत्री, महासमिति सदस्य नन्दु विष्ट, प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’ का सभापति भद्रबहादुर विष्ट, नेपाली काङग्रेस चौरजहारी नगर सभापति प्रेमबहादुर ओली, सहिद शाहका कान्छा छोरा सुधीर शाह, चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरी लगायतको उपस्थिति थियो ।

स्मृति दिवसको अवसरमा आज दिउँसो खोलागाउँमा हाजिरीजवाफ प्रतियोगिता तथा स्मृति सभा आयोजना गरिएको नेपाली काँग्रेसले जनाएको छ ।

तत्कालीन खोलागाउँ गाविसका अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य समेत रहनु भएका शाहको २०५१ साल भदौ १७ गते सिम्ली गाविसको सुलिहालेमा तत्कालिन विद्रोही नेकपा माओवादीले हत्या गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार