मुसिकाेट। रुकुम पश्चिममा सञ्चालनमा रहेको डिग्रे साइकुमारी बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढी पीडितको लागि एक लाख बढी रकम सहयाेग गरेको छ ।
सहकारीले बाढी पीडितको लागि १ लाख ११ हजार १११ रुपियाँ सहयाेग गरेको हो । सहकारीका प्रबन्धक यज्ञ बहादुर बिष्टले उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी दिनुभयो ।
उहाँले बाढी पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सो रकम जम्मा गरेको जानकारी दिनुभयो। विपद्को बेला हातेमालो गर्न र दुःखमा परेकाहरूलाई साथ दिन सहकारीले सो सहयोग गरेको हो ।
सहकारीले विपदको बेला सबै एक हुन र सकेको सहयोग गर्न समेत अनुराेध गरेको छ ।
डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था २०६३ जेठ १५ गते स्थापना भएको हो । सहकारीमा करिब पाँच हजार ५३ जना शेयर सदस्य रहेको बताईएको छ ।
मुसिकोट खलंगामा केन्द्रिय कार्यालय रहेको यस सहकारीले रुकुमकोट, झुल्नेटा, आठविसकोट र चौरजहारीमा शाखा कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ ।

