चौरजहारीका ९ वडामा कांग्रेस अधिवेशन सम्पन्न

चौरजहारीका ९ वडामा कांग्रेस अधिवेशन सम्पन्न

चौरजहारी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुकुम पश्चिममा सुरु भएको वडा अधिवेशनअन्तर्गत चौरजहारी नगरपालिकाका १४ वडामध्ये ९ वडामा अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएका वडामा वडा सभापतिसहित वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन् ।

वडा अधिवेशनबाट चौरजहारी नगरपालिका वडा नं. २ मा प्रवेश केसी, वडा नं. ४ मा तुलबहादुर खत्री, वडा नं. ५ मा लोकेन्द्र हमाल, वडा नं. ७ मा डिल्लीबहादुर खत्री, वडा नं. ९ मा केशरबहादुर मल्ल, वडा नं. १० मा केशरबहादुर केसी, वडा नं. ११ मा मानबहादुर ओली, वडा नं. १२ मा टीकाराम शर्मा र वडा नं. १४ मा ओमप्रकाश चन्द वडा सभापतिमा चयन भएका छन् ।

नेपाली कांग्रेस चौरजहारि नगरपालिका उपसभापति गणेशमान डाङ्गीका अनुसार बाँकी वडाको अधिवेशन आज हुदै छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार