माथिल्लो त्रिशूली-१ बाट हालसम्म २४ शव निकालियो

माथिल्लो त्रिशूली-१ बाट हालसम्म २४ शव निकालियो

काठमाडौँ । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट शनिबारसम्म २४ वटा शव निकालिएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण आयोजनाको सुरुङभित्र फसेकामध्ये २४ वटा शव फेला परेको हो । यो हालसम्म अडिट-३ सुरुङबाट निकालिएको शवको संख्या हो।

आयोजनामा खटिएको खोजी तथा उद्धार टोलीले शनिबार पनि अडिट -३ सुरुङको क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिएको छ। अडिट -३ सुरुङबाट अपस्ट्रिमतर्फ रहेको स्टिल ग्यान्ट्री फर्मवर्क हटाउने काम गरिएको छ। त्यस क्रममा करिब २०० किलो बराबरको स्टिल सामग्री हटाई खोजी कार्यका लागि आवश्यक ठाउँ तयार गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले स्टिल तथा रिबारभित्र फसेको अवस्थामा रहेको सामग्री तथा अवशेष हटाउँदै खोजी कार्य अघि बढाएको छ । खोजी तथा उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आयोजनाको टोली गरी ४४ जनाको समूह परिचालन गरिएको छ ।

त्यसैगरी, सर्च डगको टोलीलाई समेत परिचालन गरी डाउनस्ट्रिमतर्फ खोजी कार्य जारी राख्ने तयारी गरिएको छ। मैलुङ क्याम्प क्षेत्रमा थप एउटा एक्स्काभेटर प्रयोग गरी उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार