एमाले रुकुम पश्चिमको जिल्ला संयोजकमा मनवीर घर्ती

एमाले रुकुम पश्चिमको जिल्ला संयोजकमा मनवीर घर्ती

मुसिकोट । नेकपा (एमाले) रुकुम पश्चिमको जिल्ला संयोजकको जिम्मेवारी मनवीर घर्तीलाई दिइएको छ ।

आइतबार मुसिकोटको बागबजारस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको विशेष बैठकले घर्तीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको पार्टीका प्रदेश कमिटी सदस्य कर्णबहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटा केन्द्रीय कमिटी सदस्यमा मनोनित भएपछि रिक्त रहेको जिल्ला संयोजकको जिम्मेवारी घर्तीलाई दिइएको हो । घर्ती यसअघि पार्टीको जिल्ला उपाध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी, जिल्ला पार्टी सचिवको जिम्मेवारी पुनः शशिराम नेपालीलाई नै दिने निर्णय बैठकले गरेको छ ।

बैठकले केन्द्रीय सदस्यमा मनोनित देवकोटालाई स्वागत तथा बधाई ज्ञापन गर्ने निर्णयसमेत गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार