काठमाडौँ । नेपाली सेनाको प्रवक्तामा राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । सहायक रथी राजेन्द्र श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको सेनाले जनाएको छ ।
यसअघिका सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेत प्रधानसेनापतिको सचिवालयमा सरुवा भएका छन् । उनी सचिवालयमा सैनिक सहायकमा सरुवा भएका हुन् । उनले १८ महिना सेनाको प्रवक्ता भएर काम गरे ।
बिहीबार जङ्गी अड्डामा पत्रकारहरूसँग कुरा गर्दै नवनियुक्त प्रवक्ता श्रेष्ठले भ्रामक समाचार र सूचनालाई चिर्न पत्रकारहरुसँग निरन्तर संवाद गरिने बताए । उनले भने– ‘कुनै विषयमा दुबिधा भएमा समन्वय गर्न आग्रह गर्दछु ।’

