केएमसी अस्पतालमा मृत्यु भएका बिरामीमा कोरोना पुष्टि

केएमसी अस्पतालमा मृत्यु भएका बिरामीमा कोरोना पुष्टि

काठमाडौं। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

उपचारका क्रममा गत बिहीबार मृत्यु भएका गोकर्णका ५४ वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। ती पुरुषको स्वाब नमुना गत आइतबार संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

अस्पतालका अनुसार ती पुरुष मिर्गौलाको बिरामी थिए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार