रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ र ६ को सीमामा पर्ने बडागाउँ खोलामा पुल नहुँदा आवतजावतमा निकै समस्या भएको छ । वर्षायाम शुरु भएसँगै खोला बढने भएकाले यस क्षेत्रका स्थाीयहरुलाई वारपार गर्ने समस्या हुने गरेको छ ।
वर्षाको कारण खोलामा पानीको मात्र बढ्दा यातायातका साधनले जोखिपूर्ण तरिकाले खोला वारपार गर्ने गरेका छन्। मुसिकोट देखि आठविसकोट पुग्न यहि सडक भएर पुगिन्छ । तर अहिले खोलामा पानीको मात्र धेरै भएकाले उक्त सडक बन्द रहेको छ ।अहिले सम्म उक्त ठाउँमा पुल बनाउनको लागि कसैले पहल नगरेको स्थानीयले गुनासो गरेका छन ।
खोला बढेपछि अहिले स्थानीय युवाहरुले मोटरसाइकल बोकेर वारपार पर्ने गरेका छन । उनीहरुले मोटरसाईकल वारपार गराएवापत प्रति मोटरसाईकल पाँच सय रुपैया लिने गरेका छन । अहिले दैनिक ५ / ६ जनाको समुहमा युवाहरुले ७ देखि १० वटा सम्म मोटरसाईकल बोकेर तार्न गरेको स्थानीय रुपेश दहालले बताए ।
वर्षाको समय खहरे खोला कतिबेला कति पानीको वहाव वढछ भन्ने कुराको थाहा हुदै जोखिम उत्तिकै छ , तर पनि यात्रुको समस्यालाई मध्यनजर गर्दै एउटा मोटरसाइकल तराए वाफत पाँचसय लिने गरेको दहालको भनाइ छ । विगतका वर्षमा उक्त खोलामा दुई जनाको ज्यान गएको थियो । पुल नहुँदा हिउँदमा जेनतेन खोला तर्न सकिने भए पनि बर्खायाममा खोलातर्न नसक्दा समस्या हुदै आएको छ।
यस्तै अहिले उक्त खोलामा गाउँपालिकाले काठको अस्थायी पुल बनाउन लागेको छ । कर्णाली प्रदेश मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत उक्त पुल बनाउन लागेको गाउँपालिकाका अध्यक्ष धर्म बहादुर केसीले बताए ।
उनका अनुसार मुख्यमन्त्री कार्यालयबाट सडक मर्मत गर्ने भनि बजेट आएपनि खाेलामा वारपारि गर्ने समस्या भएकाले केहि समयका लागि भएनि पनि अस्थायी काठे पुल बनाउन लागिएको हो । पुल निर्माणको लागि गाउँपालिकाले दुई लाख खर्च गर्ने बताएको छ ।