काठमाडौँ । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले दाङको बंगलाचुली गाउँपालिकामा घर बगाउँदा दुई जनाको मृत्यु भएकाे छ । गएराती घरमा सुतिरेहका बेला घरमाथिबाट आएको पहिरोमा पुरिएर आमा–छोरीको मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका-५ साकिने बस्ने २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्मा नेपाली रहेका छन् । बुधबार बिहान करिक ३ बजेतिर घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरुको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वली जानकारी दिए ।
पहिरोले आउँदा घरको आधा भाग भत्किएको अध्यक्ष वलीले बताए। घरमा पाँचजना बस्ने भए पनि आमा छोरी सुतेको कोठा मात्र पहिरो भत्काएको छ। शवलाई पोष्टमार्टमको लागी अस्पताल पठाउने तयारी भइरहेको अध्यक्ष वलीले बताए।


 
					
							 
			 
                             
                             
                             
                             
                            