काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्री ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापा र इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो।
उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । प्रदेशका मन्त्रीको सम्पर्कमा आएपछि प्रधानमन्त्री ओलीको पनि कोरोना परीक्षण गरिएको हो । प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना पोजिटिभ देखिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा आेलीकाे स्वाब परीक्षणको रिपाेर्ट नेगेटिभ आएकाे छ । प्रधानमन्त्रीज्यूसहित सुवासचन्द्र नेम्वाङ, डा.शिवमाया तुम्बाहाम्फे, विष्णु रिमाल, डा. राजन भट्टराई, सूर्य थापा र इन्द्र भण्डारी गरी ७ जनाकाे स्वाब लिइएकाे थियाे ।
सबैकाे रिपाेर्ट आज नेगेटिभ आएकाे छ ।— Surya Thapa (@ThapajiSurya) August 7, 2020


 
					
							 
			 
                             
                             
                             
                             
                            