नेपालगन्ज तीन दिन ‘शील’

नेपालगन्ज तीन दिन ‘शील’

काठमाडौँ । कोरोना भाइरसको संक्रमण दर बढेपछि नेपालगन्ज उपमहानगरपालिका तीन दिनसम्म पूर्णरुपमा शील गरिएको छ । जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले शनिबार राति १२ बजेदेखि मंगलबार र राति १२ बजेसम्मका लािग नेपालगन्जलाई चारै दिशाबाट शिल गरेर हिँडडुलमा पूर्णतया रोक लगाएको हो ।
शील गरिएको अवधिमा सुरक्षा निकाय र स्वास्थ्यबाहेकका सवारी साधन चल्न नपाउने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । नेपालगन्जको गणेशमानचोक, चारबाहिनी क्षेत्र, बाँकेगाउँ, रिङ्गरोग, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्र सिल गरी उक्त क्षेत्रमा नेपाली सेनासहितको संयुक्त सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो।

सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शवबाहन बाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिडडुलमा रोक लगाइएको छ । १८ साउनदेखि बाँके जिल्लाभरी निषेधाज्ञा जारी छ। शनिबार मात्र नेपालगन्जका १६ र कोहलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार